बैंक तथा बित्तिय संस्था विरुद्ध रुपन्देहीका उद्योगी ब्यवसायीहरुले आन्दोलन गर्ने

उर्मिला यादव यात्री , ३२६  पटक हेरिएको

भैरहवा, पुस ११

बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायी माथि ज्यादती गरेको भन्दै रुपन्देहीका उद्योगी तथा ब्यवसायीहरुले आन्दोलन गर्ने निर्णय गरेका छन । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको बैंक तथा बित्तिय संस्थाको ज्यादती एवम चालु पुंजी कर्जा निर्देशिका २०७९ असरबारे छलफल कार्यक्रममा उद्योगी तथा ब्यवसायीहरुले सो निर्णय गरेका हुन । यहाका साना ब्यापारी मात्र नभई ठूलो लगानी गरेका उद्योगीहरु पनि संकटमा रहेकोले ब्यवसायीहरुले बैंक ज्यादती रोक्न आग्रह गरेका छन ।

बैंकहरुले आफुखुसी ब्याज बढाएको र अर्थतन्त्र चलायमान नरहेको अवस्थामा पुस महिनाको ब्याज र सावा समेत तिर्न नसक्ने उद्योगी तथा ब्यवसायीहरुले घोषणा गरेका छन । बैंक कर्जालाई रि–सेड्युल गर्न आवाज उठाउदै आएका उद्योगी तथा ब्यवसायीले सरकारले ब्यवसायीहरुबाट लिएको करको समेत सदुपयोग गर्न नसकेको आरोप लगाएका छन ।

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बैंक ज्यादती बिरुद्ध आन्दोलन गर्नु बाहेक अरु कुनै विकल्प नभएको बताउनु भएको छ । उहाले आन्दोलनमा जाने निश्चित भएको र आन्दोलन कहिले देखी गर्ने र कस्तो प्रकारको आन्दोलन गर्ने यस बिषयमा यस क्षेत्रमा रहेका अन्य संघसंस्था , संगठन तथा बस्तुगत समितिहरुको छलफल पछि सार्वजनिक गर्ने बताउनु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेश कुमार अग्रवालले चालु पुंजी कर्जा निर्देशिकाको आँडमा बैंकहरुको ज्यादती बढ्दै जादा यसको असर समग्र अर्थतन्त्रमा परेको बताउनु भएको छ । उहाले सम्पुर्ण समस्याको जड नै नेपाल राष्ट्र बैंकको निति र फितलो अनुगमन भएको बताउनु भएको छ । बैंकहरुको बढी नाफा कमाउने होडबाजीले गर्दा पनि बैंकहरु जथाभावी लगानी गरेको अग्रवालको भनाई छ ।
उहाले बैंकले ब्याज बढाउदा मानिसको क्रय शक्ति र बस्तुको माग समेत घटदै गएको बताउनु भएको छ । अहिले बैंकहरुमा ब्याजको अस्वस्थ प्रतिष्प्रर्धा बढदै गएको बताउदै उहाले भविष्यमा यसले बैंकहरु पनि अहिलेको सहकारी संस्थाको हालतमा पुग्ने दावी गर्नु भएको छ ।

उद्योग बाणिज्य महासंघका सदस्य महेन्द्र कुमार श्रेष्ठले अब कस्तो प्रकारको आन्दोलन र कसको बिरुद्ध आन्दोलन गर्नुपर्ने हो त्यो बिषयमा स्पष्ट हुन आग्रह गर्नु भएको छ । उहाले सरकारले पूंजिगत खर्च गर्न नसक्दा समेत अहिलेको अवस्था आएको जिकिर गर्नु भयो ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आन्दोलनको नेतृत्व प्रदेश समितिले गर्न तयार रहेको बताउनु भएको छ । उहाले यो समस्या भैरहवाका ब्यवसायीको मात्र नभई देशकै समस्या रहेकोले यसको निराकरणको लागि प्रदेश समितिले अगुवाई गर्ने बताउनु भएको छ । सरकारको नीतिका कारण अहिले लुम्बिनी प्रदेशमा उद्योग तथा ब्यवसायहरु बन्द भइरहेको बताउदै उहाले यो अवस्थामा बैंक ब्याज र किस्ता तिर्न नसकिने बताउनु भएको छ । उहाले किस्ता र्तिदैनौ भनेका होइनौ हामी किस्ता पनि र्तिछौ ब्याज पनि र्तिछौ तर निति ब्यवस्था मिलाउन परयो कुन पद्धतीबाट हुन्छ । यो कुरालाई राज्यले बुझनु पर्ने उहाको भनाइ छ । उहाले अहिले दैनिक ६ सय भन्दा बढी निलामीका सूचना पत्रिका निस्किरहेको बताउदै अवस्था यस्तै रहे निलामी सकार्ने ब्यक्ति र संस्थाको पनि अभाव हुने जिकिर गर्नु भयो ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : ११:१२:२२ , १ वर्ष अगाडि