सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चनको अध्यक्षमा अमृता थापा मगर

जगिलाल थापा , २००  पटक हेरिएको

कञ्चन ,पुस १६

मानव बेचविखन तथा लैगिक हिंसा बिरुद्ध सामाजिक अभियान सञ्चाल गर्दै आएको सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको २८ औं साधारण सभा तथा १४ औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अमृता थापा मगरको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ।अधिवेशनबाट केन्द्रको उपाध्यक्षमा किरन के.सी. सचिवमा हिमा बेलवासे र कोषाध्यक्षमा खडानन्द ज्ञवाली निर्वाचित भएका छन। यस्तै सह सचिवमा महेन्द्र परियार र सदस्यहरुमा पवित्रा चापागाई, पोमनाथ ज्ञवाली, चन्द्र बहादुुर क्षेत्री, सुरज क्षेत्री निर्वाचित भएका छन।


साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समाज रुपान्तरणको यात्रामा सरकारी तथा गैरसरकारी संघ संस्थाको संयुक्त सहकार्य र समन्वयलेमात्र सहजता प्राप्त हुने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको अध्यक्ष ढकालले कञ्चनको समानुपातिक बिकास र समाजमा हुने कुनै पनि कार्यहरुको वाचडगको रुपमा सुनगभाले निरन्तर भुमिका खेल्दै आएको आफुले अनुभुव गरेको उल्लेख गर्नु भयो।समाजमा हुने गलत कार्यहरुलर सरोकारवालाहरुबाट हुने कुनै पनि गतिविधलाई सही वा गलतबारे सचेत गराउने कार्यमा सुनगाभाले रुपन्देहीको बिभिन्न स्थानीय तहहरुसंग समन्वय र सहकार्य गर्दै आएको र सोही कार्यहरुमा कञ्चन गाउँपालिकाको पनि साथ र सहयोग हुने स्पष्ट पार्नु भयो।

कार्यक्रमका बिशिस्ट अतिथि तथा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो गाउँपालिकामा बर्षौं देखि बिकृतिको रुपमा जरा गाड्दै आएको दाइजो तथा बाल विवाह बिरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेर त्या्े समाजलाई ब्युझाउने कार्य गरेको प्रति धन्यवाद व्यक्त गर्नु भयो। छोरी बचाऔं, छोरी पढाऔं नारालाई थप बल दिन रक्षा बन्धनको अवसर पारेर राखी पे कार्यक्रम, बालिका विमा जस्ता कार्यक्रम सञ्चालन गर्नमा सुनगाभाको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो।

यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजनले तराईमा कहिलै परिवर्तन हुन नसकेको खुल्ला सौंच गर्ने बानीको अन्त्य गर्न समुदायमा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेर सकारात्मक परिवर्तन ल्याउन सुनगाभाको निकै महत्वपुर्ण भुमिका रहेको बताउनु भयो। छोरीहरुलाई बिधालय शिक्षाबाट टाढा राख्दै आएका तराईका अधिक्तम अभिभावकहरुको सोंचमा परिवर्तन ल्याई छोरीलाई पनि छोरालाई सरह पढाउनु पर्छ भन्ने सोंचकोे बिकास गराउनमा पनि सुनगाभाको अहम भुमिका रहेको उप प्रमुख हरिजनले बताउनु भयो।

कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कशिोर किशोरीहरुको व्यक्तित्व र नेतृत्व बिकास गर्नमा सुनगाभाले बाल क्लव, ग्रेजुएट समूह, बाल बगैचा, साथी सञ्जाल जस्ता समूह गठन गरेर सुनगाभाले उनिहरुबाटै समाजमा हुने बालिका हिंसा, यौन हिंसा तथा दुर्ब्यवहार , लैंगिक हिंसा जस्ता सचेतना कार्यक्रम सञ्चालन गरी आफ्नो अधिकार प्रति सजग बनाउन सहयोग गरेको स्मरण गर्नु भयो।

कार्यक्रममा गैडहवा गाउापालिका वडा नं. ९ का वडा अध्यक्ष मिना थापा क्षेत्री, वडा नं. ८ का भुवन बहादुर राना, वडा नं. ५ का वडा अध्यक्ष विजय शर्मा, कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ का कार्यवाहक अध्यक्ष गेम बहादुर थापा, सुनगाभा साुमदायिक बिकास केनद्रका सल्लाहकार कृष्ण बहादुर फौजा मगर लगायते शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

साधारण सभामा संस्थाको तर्फबाट संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीले संस्थाको बार्षिक प्रगति बेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संस्थालाई समाज रुपान्तरणको दिशामा अगाडी बढाउन संगै सहयात्रा गर्ने कार्य समितिका पदाधिकारी सदस्यहरु, कर्मचारी, साथी सञ्जाल, ग्रेजुएट समूह, बाल बगैचाका बालबालिका तथा किशोर किशोरी, विबभिन्न परियोजनाका सहयोगी तथा साझेदार संस्थाहरु प्रति हार्दिक धन्यवाद गर्नु भएको थियो।

संस्थाका कोषाध्यक्ष इन्द्र बहादुर पुनको स्वागत तथा सचिव हिमा बेलवासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको कार्यलयमा सम्पन्न भएको हो।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०६:३४:११ , १ वर्ष अगाडि