लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ सय १० जनालाइ कम्बल वितरण

रुपन्देही खबर , २३६  पटक हेरिएको

लुम्बिनी, पुस १८

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ ले जेष्ठ नागरिक एकल महिला तथा अति बिपन्न परिवारहरुलाई न्यानो लुगा कम्बल वितरण गरेको छ ।

कम्बल वितरण गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमानले तराईमा बढीरहेकाे जाडो माैसमलाई मध्य नजर गर्दै जेष्ठ नागरिक तथा अति विपन्न परिवारहरुलाई कम्बल वितरण गरेको बताउनु भएको छ । उहाले आगामी दिनहरुमा हरेक जेष्ठ नागरिकहरुलाई तथा एकल महिलालाई न्यानो लुगा र च्यवनप्रास वितरण गर्ने समेत जानकारी दिनु भएको छ ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमान, वडा न११वडा अध्यक्ष अकरामुद्दिन मुसलमान, वडा सचिव राजेन्द्र प्रसाद यादव,वडा महिला सदस्य चन्द्रकली सापकोटा,वडा सदस्य शिव प्रकाश यादव,कम्पुटरअप्रेटर माया ज्ञवाली, मसिना स्वास्थ चाैकी इ.बुधनाथ बरई, समाजसेवी, बुद्धिजीवी लगायतका उपस्थिति रहेकाे थियाे। कार्यक्रममा एकल महिला तथा जेष्ठ नागरिक २ सय १० जनाहरुलाई न्यानो लुगा कम्बल वितरण गरिएको छ ।

प्रकाशित मिति: २०२३-०१-०२ , समय : १४:४६:४८ , २ वर्ष अगाडि