रुपन्देहीको कंचनमा बिद्यालय खेलकुद शिक्षक कोर्ष तालिम सम्पन्न

जगी लाल थापा , १७१  पटक हेरिएको

कञ्चन, पुस २३

राष्ट्रिय खेलकुद परिषद तथा नेपाल खेलकुद बिज्ञान प्रतिस्ठान, काठमाण्डौको आयोजना र कञ्चन गाउपालिकाको समन्वयमा गत पुस ८ गते देखि शुरु भएको बिद्यालय शिक्षक खेलकुद कोर्ष तालिमको शुक्रबार समापन गरिएको छ। तालिमको समापन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बिद्यालय तहबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्न बिद्यालय शिक्षकहरुलाई बिषयगत खेलकुदबारे प्रशिक्षणको आवश्यकतालाई पुरा गर्न तालिम सञ्चालन गरिएको बताउनु भयो।

बिद्यालयमा रहेका बिधार्थीहरुलाई बिभिन्न खेलकुदहरुको व्यबस्थित तालिम उपलब्ध गराउन बिषय शिक्षक तथा खेलकुद शिक्षकहरुले नै खेलकुदबारे प्रयाप्त जानकारी हुन आवश्यक पर्ने बताउदै सदस्य सचिव भट्टराइले अवको खेलकुद हरेक पक्षले निपुर्ण र प्रतिस्पर्धी बनाउन बिद्यालय तहमा अध्ययन गर्ने बिधार्थीहरुलाई बैज्ञानिक ढंगबाट सिकाउन तालिमप्राप्त खेलकुद शिक्षकहरुले उचित भुमिका खेल्नेमा बिश्वास व्यक्त गर्नु भयो।

यस्तै नेपाल खेलकुद बिज्ञान प्रतिस्ठान काठमाण्डौका निर्देशक संगमसिंह थापाले अवको खेलकुद परम्परागत ढंगबाट नभई प्राबिधिक रुपमा सक्षम र सवल अनि प्रतिस्पर्धामा कुटनीतिक र सुरक्षित हुनुपर्ने बताउनु भयो। शक्तीको भरमा नभई खेलाडीमा भएको शक्तीलाई रणनीतिमा उपयोग गर्न सकेमात्र कुनै पनि खेलाडीले प्रतिस्पर्धाबाट पछि हट्नु नपर्ने उल्लेख गर्दै निर्देशक थापाले बिद्यालय शिक्षक खेलकुद कोर्ष पुरा गरेका प्रशिक्षकहरुले आ आफ्नो बिद्यालयमा गई आफ्ना बिधार्थीहरुलाई खेलकुद तालिम सञ्चालन गर्न समेत निर्देशन दिनु भयो।

तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई कुनै पनि खुलकुदमा सहभागिता गराउदा होस या खेलकुद सिकाउदै गर्दा देश र आफ्नो स्वास्थ्यका लागि खेल खेल्न प्रेरित गर्नु पर्नेमा जोड दिनु भयो। पुरस्कार वा कुनै मान सम्मानका लागि भन्दा पनि हरेक खेल खेल्दा देशको इज्जत र सम्मानका लागि खेल खेल्न उत्प्रेरित गरेको खण्डमा खेलकुदको बिकास हुने भन्दै उपाध्यक्ष थापा मगरले खेलकुदमा राज्यको लगानी कम भएपनि प्राप्त श्रोत साधनको अधिक्तम उपयोग गरेर खेलकुदको बिकास गर्न समेत खेलकुद शिक्षकहरुलाई आग्रह गर्नु भयोे। समापन कार्यक्रमका सभाध्यक्ष समेत रहनु भएका उपाध्यक्ष थापा मगरले कञ्चनको खेलकुद बिकासले कञ्चनको मात्र नभई देशको गरिमा बढाउने भएको हुंदा कञ्चन भित्र रहेका बिभिन्न प्रतिभाहरुको खोजीका लागि अघिल्लो जनप्रतिनीधिहरुको टिमले सञ्चालन गर्दै आएको प्रतिभा सप्ताहलाई निरन्तरता दिदै जाने बताउनु भयो।

बिद्यालय खेलकुद शिक्षक कोर्ष तालिममा सहभागीहरुको तर्फबाट दुर्गा माध्यमिक बिद्यालयका खेल शिक्षक ज्ञानु बहादुर छन्त्याल र शान्तीभुमी आधारभुत बिद्यालयका सरस्वती रेग्मीले खेलकुदलाई सामान्य रुपमा नभई जिम्मेवार र देशको गौरव राख्ने बिषयको रुपमा बुझ्न पाएको अनुभव बताउनु भएको थियो। खेलकुदले बिधार्थीहरुको शैक्षिकस्तर राम्रो बनाउन र शारिरिक र मानसिक रुपमा सक्षम र सवल बनाउन सहयोग गर्ने भएको हुँदा स्थानीय तहले खेलकुदमा बिशेष लगानी गर्न समेत प्रशिक्षार्थीहरुले माग गर्नु भएको थियो।

खो खो खेल प्रशिक्षक राजकुमार थापाको स्वागत तथा एथलेटिक्सका निर्णयक गंगालाल पौडेलको सञ्चालनमा भएको तालिमको समपान कार्यक्रम कञ्चन गाउँपालिकाको सभाहल दियो बजारमा भएको थियो। कञ्चनका सामुदायिक र संस्थागत बिद्यालयका गरी ६० जना खेलकुद शिक्षकहरुले सहभागिता जनाएको बिद्यालय खेलकुद शिक्षक कोर्ष तालिममा कवर्दी, भलिवल, खो खो, कराँते, टेक्वाण्डो, एथलेटिक्स र खेलकुद बिज्ञान सम्बन्धी प्रशिक्षण दिइएको थियो।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : ०७:१८:२३ , १ वर्ष अगाडि