मुनाल कृषि सहकारी संस्था कञ्चनको १३ औं साधारण सभा सम्पन्न

जगिलाल थापा , ३२३  पटक हेरिएको

कञ्चन, पुस २७

श्री मुनाल कृषि सहकारी संस्था लिमिटेड, कञ्चन ३ रुपन्देहीको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सहकारीको माध्यमबाट शेयर सदस्यहरुलाई आयआर्जज तर्फ आकिर्षत गर्न सके उनीहरुको जिवनस्तरमा सुधार आउन सक्ने बताउनु भयो। बिषयगत सहकारीहरुले आफ्नो क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्न सकेमात्र सहकारीहरुको पनि उपलब्धी देखिने बताउदै उपाध्यक्ष थापा मगरले शेयर सदस्य तथा सहकारीका सञ्चालकहरुलाई समेत सहकारी शिक्षा र सहकारी सम्बन्धी वित्तिय साक्षरताको अभियान सञ्चालन गर्न सके आर्थिक मितव्ययिताका बिकास हुने बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले कृषि सहकारीहरुले गाउँपालिका, प्रदेश र संघबाट आउने हरेक कार्यक्रमहरुमा साझेदार गरी सदस्यहरुलाई व्यबसायिक बनाउनु पर्नेमा जोड दिनु भयो।
यस्तै वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले कञ्चनको एकमात्र पहिलो र पुरानो कृषि सहकारी भएरपनि लक्षित कार्यक्रम र योजना सञ्चालन गर्न नसकेको बताउनु भयो।

आगामी दिनमा सहकारीको माध्यमबाट सदस्यहरुले अधिक्तम सेवा लिन सक्ने सहकारीको रुपमा बिकास गर्न आग्रह गर्दै पालिकामा आउने कृषि तथा पशुसम्बन्धी कार्यक्रमहरुलाई शेयर सदस्यहरु बिच पुर्याउन वडा अध्यक्ष सापकोटाले आग्रह गर्नु भयो। कार्यक्रममा नेकपा एमालका प्रतिनीधि लालप्रसाद शर्मा, मलावरदेबी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शसिधर ससापकोटा, अटल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र बहादुरर पुन,संस्थाका पुर्व अध्यक्ष मधु पौडेल लगायतले सबैको साझा सहकारीको रुपमा बिकास गर्न संस्थाबाट आवस्यक योजना सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो। रासायनिक मलको मात्र कारोवारले सहकारीको आफ्नो दायित्व पुरा नहुने बताउदै वक्ताहरुले कृषिसंग सम्बन्धित अन्य कार्यक्रमहरु पनि संचालन गर्न सकेमात्र संस्थाको उपलब्धी अझ व्यापक हुने उल्लेख गर्नु भयो।

सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर आलेले प्रस्तुत गर्नु भएको संस्थाको बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक पर्शुराम पौडेलले प्रस्तुत गर्नु भएको संस्थाको लेखा प्रतिवेदन सर्बसम्मत अुमोदन गरेको छ। संस्थाका अध्यक्ष चन्द्र बहादुर आलेको अध्यक्षतामा सम्पन्न साधारण सभामा लेखा सुपरिवेक्षण समितिका सदस्य नारायण न्यौपानेले स्वागत गर्नु भएको थियो भने शेयर सदस्य नरेश रोका मगरले संचालन गर्नु भएको थियो।

प्रकाशित मिति: २०२३-०१-११ , समय : १९:४५:१८ , २ वर्ष अगाडि