रुपन्देहीको मर्चवारमा गोलि चल्यो,तीन जना प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ५९३  पटक हेरिएको

भैरहवा, पुस २९
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर ३ त्रिलोकपुर स्थितमा गोली चलेको छ । बिहीबार राती करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ त्रिलोकपुरस्थित हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताउनु भएको छ ।

प्रहरीका अनुसार तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनका लागि हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले सो ठाउबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने १ राउण्ड गोली र पड्केको गोलीको खोका १ थान बरामद गरेको जनाएको छ भने अनुसन्धानको लागी सोहि स्थान बस्ने बर्ष १८ को दिलिप यादव, बर्ष २१ को बिजय भर र भारत महाराजगंज कोलई बस्ने बर्ष २५ को श्री प्रसाद यादवलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । साथै उनिहरुको यु पि ५३ बि जेड ९१५७, लु १३ प ९४१६ र लु ४२ प ५५७२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : ०९:३०:११ , १ वर्ष अगाडि