दुर्घटना रोक्न साईकलहरुमा स्टिकर टाँस्ने अभियान शुरु

प्रिन्स मिश्रा , २००  पटक हेरिएको

कपिलवस्तु , पुस ३०

हुस्सु, कुहिराे र रातीकाे समयमा साईकल यात्रीहरुलाई सवारी दुर्घटनावाट जाेगाउन बहादुरगंज क्षेत्रमा चल्ने साईकलहरुमा अस्थायी ट्राफिक प्रहरी पोष्ट बहादुरगंजले साईकलहरुमा चम्कने स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै बहादुरगंज ट्राफिक प्रहरीले गुड्ने साइकल उज्यालोमा चम्कने अभियान सुरु गरेको ट्राफिक प्रहरी पोष्ट बहादुरगंजका प्रमुख प्रहरी सहायक निरीक्षक शोम हमालले जानकारी दिनु भएको छ ।

अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट बहादुरगंजले ४५ साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँसेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : २३:३२:५४ , १ वर्ष अगाडि