विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द

रुपन्देही खबर , ३१५  पटक हेरिएको

काठमाडौं , माघ २

यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ । पोखरामा आइतबार (एन-एएनसी ७२ ) विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ ।

कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ ।
कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : ०८:०९:३० , २ वर्ष अगाडि