रुपन्देहीमा बिभिन्न कार्यक्रम गरी १६ औ बलिदानी दिवस मनाइयो

रुपन्देही खबर , ३१६  पटक हेरिएको

भैरहवा , माघ ५

१६ औ बलिदानी दिवस रुपन्देहीमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यस्तै गरी बलिदानी दिवसको अवसरमा जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले बिर सहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै रोहिणी गाउपालिका वडा नम्बर ३ धकधईमा दिपप्रज्वलन गरेको छ । जनमत पार्टी रोहिणी गाउपालिका अध्यक्ष बिष्णु चौधरीको अध्यक्षता तथा जनमत पार्टीको केन्द्रिय सदस्य प्रमोद राउतको प्रमुख आतिथ्यतामा धकधइमा दिपप्रज्वलन गरीएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राउतले मदेशवादी दलले गर्दै आएको आन्दोलनको आज १६ बर्ष पुरा भएको र आन्दोलनमा सहिद भएका बिरहरुले गर्दा नै आज मदेशीहरुले आफनो अधिकार पाएको बताउनु भएको छ । राउतले मदेशीहरुकोे आन्दोलन अझै पनि नसकिएको बताउदै देशको ब्यवस्थामा आफुहरुले माग गरेको आरक्षण कोटा अझै पनि नपाएको गुनासो गर्नु भयो ।

यस्तै गरी जनमत पार्टी रोहिणी गाउपालिका अध्यक्ष बिष्णु चौधरीले शासक बर्गहरुले मदेशीहरुको एकतालाई टुक्रा टुक्रा गरेकोले मदेशीहरु आज बिभाजित भएको बताउनु भयो । उहाले सम्पुर्ण मदेशी समुदाय मिलेर जानुपर्ने बताउदै जाति र बर्गको नाममा मदेशीबाट अलग नर्गन अनुरोध गर्नु भएको छ । उहाले मदेशमा बस्ने हामी सबै मदेशी भएकोले मदेशीको अधिकारको लागी एकजुट भई अगाडी बढनुपर्ने बताउनु भयो । नेता चौधरीले मदेश आन्दोलनमा ज्यानको आहुती दिने बिर सहिदहरुले गर्दा नै आज देशमा परिर्वतन र केही उपलब्धीहरु हासिल भएको बताउनु भएको छ ।

कार्यक्रममा जनमत पार्टीका प्रदेश सभा सदस्य अर्जुन जैसवाल, लगायत क्षेत्रिय , वडा स्तरीय पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनमत पार्टीका बिजय यादव गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : २२:३९:३४ , २ वर्ष अगाडि