सहिदहरुको सम्मान नगरेको भन्दै धकधइमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

उर्मिला यादव यात्री , १११५  पटक हेरिएको

भैरहवा , माघ ७

बलिदानी दिवसमा संसद भवनमा मदेशी बिरसहिदहरुप्रति अधिकांश नेताहरुले सम्मान नगरेको भन्दै जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले बिरोध जनाएको छ । देशको प्रधानमन्त्री लगायत उच्च ओहदामा रहेका नेताहरुले बिरसहिदहरुको सम्झानामा उठेर १ मिनेट मौन धारण गर्न नसम्नु दुखद भएको भन्दै मदेशी समुदायले बिरोध जनाएका छन । यस्तै गरी जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले पनि बिरोध जनाउदै रुपन्देहीको धकधइमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्लादहन गरेको छ ।

जनमत पार्टी रोहिणी गाउपालिका अध्यक्ष बिष्णु चौधरीको अध्यक्षता तथा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय अध्यक्ष कैलाश गुरुंगको प्रमुख आतिथ्यतामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरीएको हो । पुत्ला दहन कार्यक्रममा सहभागीहरुले सहिद बिरोधी प्रचण्ड मुर्दाबाद , सहिदको अपमान गर्न पाइदैन , मधेशी सहिदको सम्मान गर , लगायतको नारा लगाएका थिए । जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले गरेको बिरोध कार्यक्रमको संचालन जनमत पार्टीका बिजय यादव गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : ०९:२१:३३ , २ वर्ष अगाडि