कल्याण्कारी आमा समूहद्वारा क्यान्सर पिडित थापालाई आर्थिक सहयोग

जगिलाल थापा , २१९  पटक हेरिएको

कञ्चन, माघ १०

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ मा कृयाशिल कल्याणकारी आमा समूहद्वारा कञ्चन गाउँपालिका वडा नं. २ कि क्यान्सर पिडित रञ्जिता थापालाई उपचार सहयोगका लागि आर्थिक सहयोग प्रदान गरेको छ। आमा समूहका अध्यक्ष यू कुमारी श्रीसको नेतत्वमा क्यान्सर पिडित थापाको निवासमै पुगी आमा समूहका पदाधिकारी तथा सहयोगदाताहरुले आर्थिक सहयोग गरिएको हो। गत जेठ देखि क्यान्सरमा ग्रसित ५९ बर्षिय थापाको श्रीमान र छोराको यस अघि नै मृत्यु भएको र हाल बुहारी श्रीमानका कान्छी श्रीमतीका सहितका परिवारसंग रहदै आउनु भएको छ। आर्थिक अभावका कारण नियमित उपचारका लागि भरतपुर क्यान्सर अस्पताल जान र आउन समेत समस्या परिरहेको अवस्थामा स्थानीय कल्याणकारी आमा समूहले गाउमा आर्थिक संकलन गरी २९ हजार ६८५ रुपैया सहयोग गरेको हो।

कम्तीमा फलफुल खान र एक पटक भएपनि अस्पताल जान र आउन राहत पुगोस भन्ने उद्धेश्यले राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराइएको आमा समूहका अध्यक्ष यु कुमारी श्रीसले बताउनु भयो। पिडित थापाको आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा समस्या भइरहेकोले क्यान्सर पिडित थापाको उपचारमा सहयोग गर्न समेत अध्यक्ष श्रीसले सहयोगदाताहरु समक्ष आग्रह गर्नु भएको छ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : ०९:४९:४५ , १ वर्ष अगाडि