मधेश प्रदेशमा किसान कार्ड लागु गर्ने कृषि मन्त्री कुशवाहको घोषणा

रुपन्देही खबर , २४८  पटक हेरिएको

जनकपुरधाम , माघ १३

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गर्नु भएको छ । मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उहाले बताउनु भएको छ ।

जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उहाले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने उहाले बताउनु भयो ।मन्त्री कुशवाहले उखु किसानका माग पूरा गर्नका लागि मूल्य निर्धारण भएका कागजात अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताउनु भयो ।

मधेस प्रदेशमा आफूहरुले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको पनि उहाले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १३:५४:०२ , १ वर्ष अगाडि