चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने

रुपन्देही खबर , १७१  पटक हेरिएको

काठमाडौं, माघ १३

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार, आयोगले संघीय संसद सचिवालयबाट औपचारिक पत्र नपाएसम्म सांसद पद रिक्त भएको जानकारी पाउँदैन । सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नु भयो , ‘संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि हामीले सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्छ ।’

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १९:१८:३८ , १ वर्ष अगाडि