कृषिसिचाइको सम्पुर्ण बिद्युत महसुल गाउपालिकाले भुक्तानी गर्ने कोटहीमाइ गाउपालिका अध्यक्ष त्रिपाठीद्वारा प्रतिबद्धता ब्यक्त

उर्मिला यादव यात्री , ७४७  पटक हेरिएको

भैरहवा , माघ १३

रुपन्देहीको कोटहीमाइ गाउपालिकाले कृषि क्षेत्रको समस्या समाधानका लागी बिद्युतीय पुर्वाधार निमार्ण गर्ने निर्णय गरेको छ । कोटहीमाइ गाउपालिका अन्र्तगतका वडानम्बर १ देखि वडा नम्बर ७ सम्मका सम्पुर्ण वडाहरुमा रहेको सिचाई समस्याको समाधानका लागी कोटहीमाइ गाउपालिकाको गाउ कार्यपालिकाको कार्यालयले सो निर्णय गरेको जनाएको छ । गाउपालिका अन्तर्गत सम्पुर्ण वडाहरुमा कृषि सिचाइका लागी नेपाल बिद्युत प्राधिकरण भैरहवाले बिद्युत लाइन बिस्तार गरी ट्रान्सफर्मर जडान गर्ने र त्यसमा एउटा मात्र मुख्य मिटर जडान गरी सिचाइ प्रयोजनमा प्रयोग हुने सम्पुर्ण महसुल गाउपालिकाले ब्यर्होने गरी सिचाइ प्रयोजनका लागी बिद्युतीय पुर्वाधार निमार्ण गर्ने बिद्युत प्राधिकरण भैरहवासंग गाउपालिकाले माग गरेको छ ।

यस्तै गरी कोटहीमाइ गाउपालिकाले गाउपालिकाको एम्बुलेन्स सेवा संचालन कार्यबिधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको गाउपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनु भएको छ ।

गाउपालिकाको यहि माघ ११ गते बसेको बैठकले गाउपालिकामा स्वीकृत भएका योजना मध्ये डिप टयुवेल, बोरिंग तथा हयाण्ड पम्प जडान कार्यमा संलग्न बमोजिम स्विकृत गर्ने निर्णय गरेको समेत गाउपालिकाको कार्यालयले जानकारी दिएको छ भने सिचाइ प्रयोजनमा खपत भएको बिद्युत महसुल गाउपालिकाबाट भुक्तानी गर्ने गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : २२:४३:२४ , २ वर्ष अगाडि