सिद्धार्थनगरमा महिला शसक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम

रुपन्देही खबर , २२७  पटक हेरिएको

भैरहवा, माघ १९

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सिद्धार्थनगर नगरपालिका वडा नं ९ मा महिला शसक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै वडा नं ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले बीमाको महत्त्व झन बढ्दै गएको बताउंदै आम नागरिकले बीमा गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथिकोरुपमा बोल्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका मार्केटिङ म्यानेजर यमलाल न्यौपानेले महिला शसक्तिकरणको कार्यक्रम मार्फत धेरै महिलाहरुले कम्पनीमा रोजगारी पाएको बताउंदै महिला लिडर भएर काम गर्ने अबसर लिन महिलालाई आग्रह गर्नु भएको छ ।

बिशिस्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष पुरनप्रसाद श्रेष्ठले कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगतको अत्यन्तै प्रभाकारी कार्यक्रम ल्याएकोमा पुर्ण सफलताको कामना गर्नु भयो ।

वडा नं ९ का वडा सदस्य बसुन्धरा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एरिया ब्रान्च म्यानेजर अमरदीप गुप्ताले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । भैरहवा शाखा प्रमुख अजय त्रिपाठिको स्वागत मन्तव्य र एजेन्सी म्यानेजर शशि पन्थीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-०२ , समय : ०५:३३:४२ , १ वर्ष अगाडि