स्थानीय तरकारीले बजार नपाएको भन्दै चितवनका किसान आन्दोलित

रुपन्देही खबर , २०६  पटक हेरिएको

भरतपुर, माघ २०

भारतीय तरकारीका कारण नेपाली तरकारीले बजार नपाएको भन्दै चितवनका किसान आन्दोलित बनेका छन् । शुक्रबार चितवनका किसानले सरकारको ध्यानाकर्षण गराउन नारायणगढको पुल्चोकमा हजारौँ किलो तरकारी सडकमा खन्याएर विरोध प्रदर्शन गरेका हुन् ।

भारतबाट अवैध रुपमा भित्रिने तरकारीका कारण स्थानीय उत्पादले बजार भाउ पाउन सकेको छैन भने प्रशासनले अवैध तरकारी भित्रिन नदिन यथेष्ठ पहल गर्न नसकेको आरोप विरोध प्रदर्शनमा उत्रिएका किसानहरुले लगाएका छन् । आफूहरुले उत्पादन गरेको तरकारीले बजार नपाएपछि चितवनका किसानहरु चिन्तामा परेका छन् ।

 

प्रकाशित मिति: २०२३-०२-०३ , समय : १७:२१:३८ , १ वर्ष अगाडि