रेशम चौधरीको मुद्धा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने

रुपन्देही खबर , १४३  पटक हेरिएको

काठमाडौं, माघ २२

नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो । न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशम सहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

७ भदौं २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको त्यही मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १२:३९:३९ , १ वर्ष अगाडि