महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो बार्षिक उत्सव भैरहवामा सम्पन्न

रुपन्देही खबर , ३३८  पटक हेरिएको

भैरहवा, माघ २८

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चौथो बार्षिक उत्सव शुक्रबार एक कार्यक्रम बिच भैरहवामा मनाएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स
भैरहवा शाखा प्रमुख अजय त्रिपाठीको अध्यक्षतामा बार्षिक उत्सव कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा बोल्दै त्रिपाठीले महालक्ष्मी लाइफ इन्स्योरेन्सले महिला शसक्तिकरणमा महालक्ष्मी लाइफ जस्ता कार्यक्रम ल्याएको र यो कार्यक्रम मार्फत धेरै महिलाहरुले कम्पनीमा रोजगारी पाएको बताउनु भएको छ । उहाले महिला लिडर भएर काम गर्ने अबसर लिन महिलाहरुलाई आग्रह गर्नु भएको छ । उहाले पछिल्लो समय बीमाको महत्त्व झन बढ्दै गएकोले आम नागरिकले बीमा गर्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजर शशि पन्थी, अखिलेश्वर शुक्ला , लेखा शाखाकी अन्जु घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : ०७:३१:१० , १ वर्ष अगाडि