ज्ञानेश्वर उपाध्याय , ५८५ पटक हेरिएको

मर्चवार ,माघ २८
नेपाल शिक्षक संघ मर्चवारी गाउपालिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा प्रमोद यादव र सचिवमा केशव उपाध्याय निर्बिरोध चयन हुनु भएको छ।
उक्त अधिवेशनले उपाध्याय सहित २४ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।कार्यक्रमको अध्यक्षमा प्रमोद यादव, प्रमुख अतिथी मर्चवारी गाउपालिका अध्यक्ष गय प्रसाद बरई,बिशिष्ट अतिथीमा रुप कुमार रायमाझी लगायत बिश्वनाथ न्यौपाने,राम प्रसाद हरिजन र चतुर्भुज रेग्मीको आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो !
नेपाल शिक्षक संघ मर्चवारीले शिक्षण पेशामा आबद्ध शिक्षकहरुको हकहितमा कार्य गर्दै आइरहेको हुदा त्यसलाई निरन्तरता दिदै संघको आज दोश्रो अधिवेशनमा उपाध्यक्ष अजय प्रकाश मौर्य र महिला उपाध्यक्षमा प्रमिला कुमारी गौड सहित रहने गरि २४ सदस्यीय कार्यसमिति निर्बिरोध छनौट गरेको छ । कार्यक्रमको प्रमुख अतिथी गया प्रसाद बरइले आफ्नो र गाउपालिकाको तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।उहाले बालकक्षा र इसिडी कक्षामा अध्यापन गर्ने कर्मचारीहरुको सेवा सुबिधा थप गर्ने समेत बताउनु भयो ।
उक्त अधिवेशन कार्यक्रममा मर्चवारी गाउपालिका भित्रका सम्पुर्ण शिक्षकरुको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तब्य अजय प्रकाश मौर्यले गर्नुभएको थियो भने कार्यक्रम संचालन केशव उपाध्यायले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-०२-११ , समय : २१:५०:१७ , २ वर्ष अगाडि