सिद्धार्थनगर ५ मा महिला शसक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम

रुपन्देही खबर , २८९  पटक हेरिएको

भैरहवा, माघ २९

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सिद्धार्थनगर नगरपालिका वडा नं ५ को कार्यालयमा महिला शसक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खांनले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रोजगारसंगै महिला लिडर बनाउने कार्यक्रमको पुर्ण सफलताको कामना गर्दै महिलाहरु बीमाको माध्यमबाट मार्केटिङमा दक्ष बन्दै आर्थिक उपार्जनमा जोडीन आग्रह गर्नु भएको छ ।

वडा नं ५ का वडा अध्यक्ष पुरनप्रसाद श्रेष्ठले कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगतको अत्यन्तै प्रभाकारी कार्यक्रम ल्याएकोमा पुर्ण सफलताको कामना गर्नु भयो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका एरिया ब्रान्च म्यानेजर अमरदीप गुप्ताले महिला शसक्तिकरणको बारेमा प्रष्ट पार्दै कार्यक्रम मार्फत धेरै महिलाहरुले कम्पनीमा रोजगारी पाएको बताउंदै महिला लिडर भएर काम गर्ने अबसर लिन महिलालाई आग्रह गर्नु भयो ।

वडा नंम्बर १३ का सोमबहादुर गुरुङले महिलाहरु महिला शसक्तिकरणको माध्यमबाट समाजमा आर्थिक उपार्जनमा जोडीनु उत्तम कार्य भएको बताउनु भएको छ ।

वडा नं ५ का वडा सदस्य सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भैरहवा शाखा प्रमुख अजय त्रिपाठिले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य र एजेन्सी म्यानेजर शशि पन्थीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-१२ , समय : ०६:२७:२९ , १ वर्ष अगाडि