नहर सञ्चालन, व्यवस्थापन तथा निर्वाचन सम्बन्धि १ दिने गाेष्ठी सम्पन्न

पप्पु रेग्मी , २०६  पटक हेरिएको

नवलपरासी, फागुन १

नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली मूल समिति सेमरी, पश्चिम नवलपरासीकाे आयाेजना तथा नेपाल  गण्डक पश्चिमी नहर सिंचाई व्यवस्थापन कार्यालय सेमरी पश्चिम नवलपरासीकाे सहआयाेजनामा, नहर सञ्चालन, व्यवस्थापन तथा निर्वाचन सम्बन्धि १ दिने गाेष्ठी गाेपिगंजमा आईतवार सम्पन्न भएको छ ।


गाेष्ठि सिंचाइ प्रणाली मुल समितिका पश्चिम नवलपरासीका अध्यक्ष हैदर अली अन्सारीकाे अध्यक्षता तथा राष्ट्रिय सिंचाई समितिका सदस्य  टाेप बहादुर सिंह ठकुरीकाे प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा बक्ताहरूले गण्डककाे अवस्था र  गण्डककाे शाखा नहरहरूकाे सरसफाइमा सरकारले ध्यान नदिदा कृषकहरूले समयमा नहरमा पानी नहुदा बालिमा सिंचाई गर्न विभिन्न  समस्याहरू भएकोले यस समस्या समाधान कसरी गर्न सकिन्छ ? भन्ने विषयमा  र यस सिंचाई उपभोक्ता व्यवस्थापन समितिकाे चुनाव दुई वर्ष अघि नै गर्नु पर्ने तर आज सम्म पनि नभएकोले छिट्टै नै गर्नु पर्ने विषयमा छलफल गरि सुझाव राखिएकाे थियाे ।

 उक्त गाेष्ठिमा गण्डक डिभिजन प्रमुख रंधिर कुमार साह, अध्यक्ष हैदर अलि अन्सारी लगाएतले सहजीकरण गर्नु भएको थियोे । उक्त गाेष्ठिकाे स्वागत मनतव्य मुल समितिकाे सदस्य सुभान अली अन्सारीकाे रहेकाे थियोे भने कार्यक्रम सञ्चालन माेहन चाैधरीले गर्नुभएको कार्यक्रममा मूल समितिका,  उपसमिति, नगर तथा सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति: २०२३-०२-१३ , समय : ११:३६:३९ , १ वर्ष अगाडि