भण्डारीका आमा–छोरालाई थप उपचारका लागि भारत लगिँदै

रुपन्देही खबर , १४३  पटक हेरिएको

काठमाडौं, फागुन ४

खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि विदेश लैजान चिकित्सकले सुझाव दिएका छन् ।

शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०२-१६ , समय : १०:२४:३६ , १ वर्ष अगाडि