रुपन्देही खबर , २४६ पटक हेरिएको
भैरहवा, फागुन ६
उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैताका घटना बढेकाले ती घटना हुन नदिनका सचेत हुनुपर्ने बताएका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखहरुसँग स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले खुल्ला सीमाका कारण चुनौती रहेकाले सीमा व्यवस्थित गर्नुपर्ने बताएका छ्न ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कोभिड–१९, आर्थिक मन्दी र बढ्दो बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धरासायी भएको बताउनु भएको छ । उहाले बजारलाई चलायमान बनाउन सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो , ‘रुपन्देही विकासका दृष्टिकोणले तीव्र गतिमा अघि बढेको जिल्ला हो । यहाँ सुरक्षाको अवसर र चुनौती दुवै छन् । ’
उहाले खुल्ला सीमाका कारण अवैध रुपमा भित्रिने सामानका कारण राजस्व घट्नुका साथै नेपालको व्यापार फस्टाउन नसकेको बताउनु भएको छ। अध्यक्ष ज्ञवालीले रात्रीकालिन बजारले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्याउने भएकोले रात्रीकालिन बजारको महत्व रहेको बताउनु भयो। उहाले भन्नु भयो , ‘रात्रीकालिन बजार सञ्चालनका लागि खासै गृहकार्य हुन सकेको छैन, पर्यटकको बसाइ लम्ब्याउन योजना बनाउनुपर्छ ।’
प्रकाशित मिति: २०२३-०२-१८ , समय : १९:२२:५९ , २ वर्ष अगाडि