पोखराको फेवातालमा डुङ्गा पल्टिदा एक जनाको मृत्यु

रुपन्देही खबर , १८७  पटक हेरिएको

पोखरा , फागुन २०

पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ । आज दिउँसो  एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । पोखरा महानगरपालिका १ बगरको एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सबैले लाईफ ज्याकेट लगाए पनि वृद्धालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको प्रहरीको भनाई छ । छ जना बेपत्ता भएकोमा ५ जनाको सकुशल उद्धार गरिएको हो हने एक जनालाई बेहोस अबस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वृद्धा महिलालाई बेहोस् अवस्थामा उद्धार गरि गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : २१:४९:२२ , १ वर्ष अगाडि