ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

रुपन्देही खबर , २६५  पटक हेरिएको

भैरहवा , फागुन २२

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक महिलाको पहुचको बिस्तार” भन्ने मुल नारा सहित ओमसतिया गाउँपालिकामा सोमबार ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाका कानुनी अधिकार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकार कार्यान्वयन गराउन आफ्नै घरदेखी व्यवहार परिवर्तनमा जोड दिएका छन । संविधानले महिला अधिकारहरु कानुनमै सुनिश्चित गरि दिए पनि महिला अधिकारको कुराहरु अझै कार्यान्वयनमा आउन नसकेको बताएका छ्न ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले हिजोको तुलनामा आजको अवस्थामा धेरै कुराको परिवर्तन आएको बताए । उनले कानुनहरु कार्यान्वयन गर्ने चरणमा रहे पनि अहिले पनि धेरै काम गर्न बाकी रहेको उनले बताए । अहिले पनि महिलाहरू बोक्सी, बलात्कार, छाउपडी लगायतको समस्यामा रहेको बताउदै यसको निरकरणमा महिला पुरुष उत्तिकै जिम्मेवार हुनुपर्ने जिकिर गरे । पराम्पराका नाममा महिला माथी अझै पनि धेरै हिन्सा भैरहेको र परिवर्तन तुरुन्तै नहुने भएकोले आवश्यकता अनुसार यसलाइ सुधार गर्दै लैजानु पर्ने उनले बताए ।

यस्तै गाउपालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकामा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिवद्दता गरे । उनले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे। महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे।
यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा महिलालाई बुझाउन नसकिएको बताइन् । उनले सोचमा परिवर्तन नआएसम्म समतामूलक समाज बन्न नसक्ने बताइन् । उनले घरबाहिर ननिस्केका महिलालाई बाहिर ल्याउन सक्नु पनि परिवर्तन भएको बताइन् ।

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोख्रेल, पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोख्रेल, करुवानी मावि कि प्रअ रमा अर्याल, आगमन सहकारीकि सीता सुनार, पौरखी सहकारीकी पुनम चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन महिला बालबालिका शाखाकी निर्मला पाण्डेले गरेकी थिइन ।

प्रकाशित मिति: २०२३-०३-०६ , समय : २३:४२:५९ , २ वर्ष अगाडि