रुपन्देहीमा “धारिलो वस्तु (चक्कु) प्रहार गर्ने ब्यक्ति प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ४०८  पटक हेरिएको

भैरहवा, फागुन २५

रुपन्देहीमा “धारिलो वस्तु (चक्कु) प्रहार गर्ने ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चन गाउँपालिका वडा नम्बर ५ उत्तर भैसाही बस्ने बाबुराम थारु रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय भैरहवा रुपन्देहीले दिएको जानकारी अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ५ उत्तर भैसाही बस्ने २६ बर्षिय प्रेम थारु र सोहि स्थान बस्ने ४० बर्षिय बाबुराम थारु बिच जग्गाको बिषयलाई लिएर भएको आपसीमा विवाद र झगडामा बाबुराम थारुले प्रेम थारुलाई धारिलो वस्तु (चक्कु) प्रहार गरी घाइते बनाएपछि ईलाका प्रहरी कार्यालय रुद्रपुरको प्रहरी टोलीले प्रेम थारुलाई उपचारको लागी लुम्बिनि प्रादेशिक अस्पताल बुटवल पठाईएको छ भने धारिलो बस्तु (चक्कु) प्रहार गर्ने बाबुराम थारुलाइ र उक्त घटनामा प्रयोग भएको चक्कु समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भैरहवा रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०३-०९ , समय : ०६:३४:५९ , १ वर्ष अगाडि