महेश गुप्ता , ३१९ पटक हेरिएको
भैरहवा, फागुन २५
हिन्दुहरुको पावन पर्व होली (फागु पूर्णिमा) को उपलक्ष्यमा जयसवाल सेवा समिति रूपन्देही परिवारले एक कार्यक्रम बीच “होली मिलन समारोह” सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सभा सांसद माननीय देव करण कलवारको आतिथ्यतामा हर्षोउल्लासका साथ सम्पन्न भएको छ ।
होली मिलन समारोहमा आपसी भाइचारा, सुमधुर सम्बन्ध विस्तार, पुराना बिचार र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा वर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होली मिलन समारोहको आयोजना गरिएकाे जयसवाल सेवा समितिले बताएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सांसद माननीय देव करण कलवारले भैरहवा रूपन्देही परिवारलाई तथा जयसवाल समाजका सदस्य एवं सिद्धार्थ उद्योग वाणिज्य संघ,भैरहवाका नवनिर्वाचित सदस्य पदमा विजयी बिशाल जयसवाल तथा श्री बुद्ध सामुदायिक सेवा केंद्रका नवनिर्वाचित अध्यक्ष श्रीचंद जयसवाललाई मायाको चिनो दिएर सम्पूर्ण स्वजातीहरुलाई हृदय देखि बधाई तथा होलीको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
हाेलीलाई हाम्राे जीवनमा नयाँ उमङ्ग तथा जाेशजागर ल्याउने पर्वकाे रुपमा लिनेकाे गरेकाे जयसवाल सेवा समिति, बुटवलका अध्यक्ष आनंद प्रसाद जयसवालले बताउनु भयाे ।
कार्यक्रममा जयसवाल सेवा समिती, पीपीगंज गोरखपुरका अध्यक्ष प्रमोद जयसवाल, जयसवाल महिला मंचकी अध्यक्ष पूनम जयसवाल, जयसवाल युवा सेवा समितिका अध्यक्ष शिवम जयसवाल लगायतले आफ्नो मंतब्य राख्नु भएको थियो ।
कार्यक्रममा जयसवाल सेवा समिति,भैरहवाका महासचिव अर्जुन जयसवालको संचालक तथा समाजका अध्यक्ष अमित गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-०३-०९ , समय : १०:२१:१७ , २ वर्ष अगाडि