अजय मिश्र , २८८ पटक हेरिएको
कपिलवस्तु, फागुन २७
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्लस कालेजमा बोखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ ।आइशा गर्लस कालेजका अध्यक्ष डा. मंजूर अहमद खांको अध्यक्षता प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीरहेका थिए ।
स्लाम धर्मको कुरान सरिफ पछि दोस्रो पवित्र पुस्तक मानिएको छ त्यो पुस्तक बोखारी शरिफ भन्ने गरिएको जानकारी मौलाना जहिर अहमद बरेल्वी ले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले ३७ जना छात्राले बोखारी शरिफ पुस्तक सिकाई गरेको प्रति हामी ले गर्व गरेका तथा छात्रा हरूको आगामी उज्वल भबिष्यको कामना सहित विद्यालय र शिक्षक परिवार लाई हृदय देखि धन्यवाद दिदै छात्रा हरूको आगामी यात्रा मानवता तथा आफ्नो परिवार र समाज लाई सधै सम्मान गरि आफ्नो नाम उच्च बनाउन समेत अपिल गरे ।
बोखारी सरिफ अन्तिम अध्याय डा. अब्दुल गनि अल्कूफी द्वारा प्रस्तुत गरिएको थियो उहां उक्त धार्मिक पुस्तकको गर्लस कालेजमा प्रोफेसर समेत हुन । कार्यक्रममा बोल्दै शैख अब्दुल रशीद मदनीले छात्रा हरूले गरेको सिकाइ आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष मंजूर अहमद खांले छात्रा हरू बोखारी पुस्तक सिकाई गरि जादै गरेको अवस्थामा आगामी सिकाई सफलताको शुभकामनाका साथ आइशा गर्लस कालेज छात्रा हरूको सुख दुःखमा सधै साथ रहने बताए ।
कार्यक्रममा शहाबुद्दीन मदनी, मौलाना अब्दुल रशीद मदनी, मौलाना एहसानउल्ला रहमानी, वशीर सल्फी, मो. सफिउल्ला मदनी, मौलाना अब्दुल रशीद रियाजी, मौलाना खालिद सिराजी, मौलाना रियाज अहमद उमरी, मौलाना अब्दुल जलील रियाजी, मौलाना सफिउलहक नदवी , मौलाना अब्दुल सत्तार फैजी, हाफिज तारिक फैजी, मोहम्मद आमिर, मौलाना असल्म सल्फी मदनी लगायत रहेका थिए ।
प्रकाशित मिति: २०२३-०३-११ , समय : २१:४२:२७ , २ वर्ष अगाडि