पश्चिम नवलपरासीमा कार्यशाला गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३७५  पटक हेरिएको

परासी , चैत्र ३

पश्चिम नवलपरासीमा कार्यशाला गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेशनल माईक्रोफाईनान्स लघुबित्त संस्था लिमिटेड हकुई शाखा नवलपरासीले आफनो सदस्य बीच कार्यशाला गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले बित्तीय साक्षरता सम्बन्धी समूहका अध्यक्षहरुलाइ जानकारी गराईएको संस्थाका शाखाप्रमुख नारायाणी थापाले बताउनु भयो । संस्थाले बिना धितो ऋण लगानी गरेर महिलाहरुलाई स्वरोजगार बनाउन तर्फ अग्रसर रहेको थापाले बताउनु भयो ।

कार्यक्रममा नेशनल माईक्रोफाईनान्स लघुबित्त संस्था लिमिटेड केन्द्रीय कार्यालायका अनुगमन अधिकृत पुष्पा पोख्ररेल लम्सालले कार्यक्रमको बारे सहजीकरण गर्नु भएको थियो । सुक्रौैली महिला समूहका अध्यक्ष सिता कोईरीको अध्यक्षयता तथा रामग्राम नगरपालिकाको उपप्रमुख सम्झना चौधरीको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले रामग्राम नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउको लागि सिपमूलक तालिमहरु प्रदान गदै आएको बताउनु भएको छ।

उहाले लघुउद्यम मार्फत महिलाहरुलाई सिप प्रदान गरी स्वरोजगार र जिबिकोपार्जन जोड्न काम गरिहेको बताउनु भयो । कार्यक्रममा प्रथम द्धितीय तृतीय र सान्त्वना र उत्कृष्ट बचतकर्तालाई प्रमाणपत्र र पुस्कार बितरण गरिएको संस्थाका शाखाप्रमुख नारायाणी थापाले जानकारी दिनु भयो । उक्त संस्थाको ६४ जिल्लामा कार्यक्षेत्र रहेको र देशभर एक सय १ शाखामार्फत एक लाख ५० हजार सदस्यहरुलाई सेवा दिदै आएको संस्थाले जनाएको छ ।

संंस्थाले ३ अर्व १४ करोड भन्दा बढी बचत परिचालन गरी यस अवधिमा ११ अर्व ५४ करोड ऋणमा सेवा प्रवाह गरेको नेशनल माईक्रोफाईनान्स लघुबित्त संस्था लिमिटेड केन्द्रीय कार्यालयका अनुगमन अधिकृत पुष्पा पोख्ररेल लम्सालले जानकारी दिनु भयो । कार्यक्रममा वडा न १२का वडा अध्यक्ष लोकबहादुर चौधरी,शाखाका बरिष्ठ सहायक सरोज ठाकुर लागयतले बोल्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १२:०८:४९ , १ वर्ष अगाडि