एफईसी सहकारीद्वारा खेलाडीलाई सम्मान

लक्ष्मण पौडेल , १४५  पटक हेरिएको

बुटवल, चैत ५

एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्थाले बाल बचतकर्ता खेलाडी सन्यम कंडेललाई सम्मान गरेको छ । गत मार्च ४ तारिखका दिन श्रीलंकामा आयोजित तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ९ वर्षमुनीको उमेर समूहमा भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई पछि पार्दै कंडेलले स्वर्ण पदक जितेका थिए ।

सहकारीले आफ्नो नियमित बैठकका अवसरमा बाल बचतकर्ता खेलाडी सन्यक कंडेललाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय पदक बिजेता सन्यक संस्थाका सञ्चालक समिति सदस्य बेदप्रसाद कंडेल तथा सुश्मा कंडेलका नाती एवं शेयर सदस्य सागर कंडेल तथा दीपा कंडेलका छोरा हुन् ।

उनलाई सहकारीको नियमित बैठकको अवसरमा नगद सहित सम्मान गरिएको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : १३:४४:३३ , १ वर्ष अगाडि