नवलपरासीको शिक्षक संघको नेतृत्वमा चापागाईंको प्यानल नै बिजयी

प्रकाश न्यौपाने , २०९  पटक हेरिएको

नवलपरासी, चैत १०

नेपाल शिक्षक संघ, नवलपरासी ९ औं अधिबेशनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतले बिजयी हुनुभएको छ । चापागाईंले ३८५ मत गर्दा अध्यक्ष पदका अर्का उम्मेदार वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको छ । संघको ९ औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार पाठक, सचिबमा इन्द्र बहादुर चौधरी, अर्थ सचीवमा कुन्जबिहारी चौधरी , सहसचिवमा अर्जुन प्रसाद पाण्डे बिजयी हुनु भएको छ । त्यस्तै जिल्ला सदस्यमा खुल्लामा बिरेन्द्र कुमार यादव, गोबिन्द प्रसाद पाण्डे, नारद ठाकुर, ध्रुब आचार्य बिजयी हुनु भएको छ।

प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा इन्देश गुप्ता, चुडामणि भण्डारी, प्रदिप कुमार चौधरी, भविश्वर पाण्डे बिजेता हुनु भएको छ । भने संघीय महाधिवेशन प्रतिनिधि महिलामा मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी बिजयी हुनु भयो । संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा पशुपति चौधरी, चेतनाथ पौडेल, बिनोद ज्ञवालीले बिजयी हुनु भयो । शिक्षक संघ नवलपरासीमा कुल ६ सय २० मत खसेको थियो ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : ०६:३५:४९ , १ वर्ष अगाडि