बुद्धिराम यादवको अध्यक्षतामा गोपाल सेवा समिती नवलपरासीको २१ सदस्यिय जिल्ला कार्यसमिती गठन

उर्मिला यादव यात्री , ७०४  पटक हेरिएको

नवलपरासी, चैत १२

पश्चिम नवलपरासीमा गोपाल सेवा समितीको जिल्ला स्तरीय कार्यसमिती गठन गरीएको छ । शनिवार परासीमा आयोजित गोपाल सेवा समितीको भेला , अन्तक्रिया , समिती गठन तथा सम्मान कार्यक्रममा बुद्धिराम यादवको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्यसमिती गठन गरीएको हो । जसको बरिष्ठ उपाध्यक्षमा इन्द्रकमल यादव, उपाध्यक्षमा कृष्ण यादव , सचिवमा जर्नादन यादव , सहसचिवमा बिरबल यादव , कोषाध्यक्षमा केदार यादव पप्पुलाई चयन गरीएको छ भने सदस्यहरुमा अनिल यादव, देशबन्धु यादव, मुराली यादव, रामप्रसाद यादव , सुमित्रा यादव, रिंगला यादव, हरिलाल यादव, प्रकाश यादव , नाथु यादव, सुुवास यादव, अनिरुद्ध यादव, राजु यादव, हिटलर यादव, टेकबहादुर यादव रहनु भएको छ ।

नवगठित जिल्ला स्तरीय कार्यसमितीले जिल्लामा गोपाल सेवा समिती बिस्तार गर्ने प्रतिबद्धता गरेको छ । गोपाल सेवा समिती पश्चिम नवलपरासीले यदुवंशी समुदायको हकहित , बिकास , संरक्षणका लागी एकजुट भएर काम गर्ने जनाएको छ । यादवहरुको धर्म संस्कृतीको संरक्षरण तथा यादव एकताको लागी गठन गरीएको यस समितीले जिल्लामा नमुना काम गरेर अगाडी बढने प्रतिबद्धता समेत गरेको छ ।

गोपाल सेवा समिती नवलपरासीका जिल्ला अध्यक्ष बुद्धिराम यादवको अध्यक्षता तथा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी यादवले कार्यक्रमको उदघाटन गर्दै गोपाल सेवा समितीको बिधानको बारेमा जानकारी दिदै क्षेत्रिय समिती गठन, पालिका , वडा समिती गठन गर्दै गोपाल सेवा समितीलाई बिस्तार गर्न सकिने बताउनु भएको छ ।

गोपाल सेवा समितीले हरेक जिल्लाका यादव समुदाय बिच भावनात्मक सम्बन्ध कायम गर्ने भएकोले आफनो समुदायमा परिर्वतन र संघर्ष गर्न आवश्यक रहेको जोड दिनु भयो । उहाले जातिय एकता हुन आवश्यक भएकोले एकजुट भएर अघि बढन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले समुदायमा भएका समाजिक ब्यक्तित्वहरुलाई एक साथ जोडेर यादव समुदायमा नियमित भेटघाट कार्यक्रम लगायत आफनो संस्कृति संरक्षणको लागी सक्रिय भएर काम गर्न अनुरोध गर्नु भएको छ । उहाले गोपाल समितीमा महिलाहरुलाई पनि स्थान दिन आग्रह गर्दै आफनो समुदायमा भएका कमीकमजोरीलाई पहिचान गरी समन्वय गर्न सकिने बताउनु भयो ।

हरिलाल यादवको स्वागत मन्तब्य रहेको कार्यक्रमममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती यादव, नेपाली कांग्रेस नवलपरासीका जिल्ला कार्यबाहक अध्यक्ष बिक्रम यादव, जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादव, बिरहा गायक उमेश यादव लगायतले नव गठित जिल्ला स्तरीय कार्यसमितीलाई शुभकामना दिदै एकताका साथ यादव समुदायको हकहितको लागी कार्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा गोपाल सेवा समिती रुपन्देहीका सल्लाहकार हरी बहादुर यादव, रुपन्देही जिल्ला सदस्य राजाराम यादव, लुम्बिनी सास्कृतिक नगरसमिती अध्यक्ष राधेश्याम यादव लगायत नवलपरासी जिल्लाका यादव समुदायका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन इन्द्रकमल यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १२:१४:१२ , २ वर्ष अगाडि