कपिलबस्तुमा गोपाल सेवा समितीको जिल्ला स्तरीय कार्यसमिती गठन

उर्मिला यादव यात्री , ६८०  पटक हेरिएको

कपिलबस्तु , चैत १२

कपिलबस्तुमा गोपाल सेवा समितीको जिल्ला स्तरीय कार्यसमिती गठन गरीएको छ । शनिवार कपिलबस्तुको तौलिहवामा आयोजित गोपाल सेवा समितीको भेला , अन्तक्रिया , समिती गठन तथा सम्मान कार्यक्रममा राधेश्याम यादवको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्यसमिती गठन गरीएको हो । जसको उपाध्यक्षमा साधुशरण यादव, सचिवमा दिवाकर यादव, सहसचिवमा संवारे यादवलाई चयन गरीएको छ । यस्तै गरी सदस्यहरुमा दिपक यादव, गोबद्र्धन यादव, अटल कुमारी यादव, प्रधुमन यादव, शुकदेव यादव, सुवाषचन्द्र यादव, राजकुमार यादव, जगदेव यादव, गोबिन्द यादव, रामदेव यादव, रामरेखा यादव, बिरेन्द्र सिंह यादव, उदयभान यादव, नेतराम यादव, बिन्देश्वरी यादव, प्रतिमा सिंह यादव , बब्बु सिंह यादव रहनु भएको छ । यस्तै गरी गोपाल सेवा समिती कपिलबस्तुको संरक्षकमा सहसराम यादव, शुष्मा यादव रहनु भएको छ भने सल्लाहकारमा तुलसीराम यादव, बिन्दराज यादव, रामजियावन यादव, रामनरायण यादव, प्रभु यादव, शैलेन्द्र यादव, शिवलाल यादव , हृदयराम यादव, घरभरन प्रसाद यादव , रणभिर यादवलाई चयन गरीएको छ ।

नवगठित जिल्ला स्तरीय कार्यसमितीले जिल्लामा गोपाल सेवा समिती बिस्तार गर्ने प्रतिबद्धता गरेको छ । गोपाल सेवा समिती कपिलवस्तुले यदुवंशी समुदायको हकहित , बिकास , संरक्षणका लागी एकजुट भएर काम गर्ने जनाएको छ । यादवहरुको धर्म संस्कृतीको संरक्षरण तथा यादव एकताको लागी गठन गरीएको यस समितीले जिल्लामा नमुना काम गरेर अगाडी बढने प्रतिबद्धता समेत गरेको छ ।

गोपाल सेवा समिती कपिलबस्तुका जिल्ला अध्यक्ष राधेश्याम यादवको अध्यक्षता तथा पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी यादवले नवगठित कार्यसमितीलाई शुभकामना दिदै आफनो काधमा आएको जिम्मेवारीलाई इमान्दारीका साथ पुरा गर्न आग्रह गर्नु भएको छ । गोपाल सेवा समितीको भेला गर्न आवश्यक भएको बताउदै उहाले गोपालको संस्कृति, परम्परा, धार्मिक क्षेत्र लगायत यादव समुदायको पहिचान बिभिन्न क्रियाकलाप संग जोडिएकोले यसको संरक्षणका लागी गोपाल सेवा समितीको आवश्यकता भएको बताउनु भएको छ । उहाले समिती मजबुत भए मात्र यादव समुदायको हरेक क्षेत्रको संरक्षण, र पहिचान कायम गर्न सकिने जोड दिनु भयो । उहाले यादव समुदायमा एकता, सहयोगको भावना जब सम्म कायम हुुन सक्दैन तव सम्म हामी एकजुट भएर अगाडी बढन नसक्ने जिकिर गर्नु भयो । यदुवंशी समाज सामाजिक, सांस्कृतिक लगायत अन्तराष्ट्रिय रुपमा नै एउटा पहिचान गर्न सफल भएको समुदाय भएको बताउनु भएको छ । उहाले आफुमा भएको कमीकमजोरीलाई खोतल्दै सहकार्य गर्दै एकताका साथ अघि बढन आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा पुर्व मन्त्री शुष्मा यादवले गोपाल सेवा समितीको नवगठित कार्यसमितीलाई शुभकामना दिदै आगामी दिनमा वडा र टोल टोलमा समिती बिस्तार गर्दै जानुपर्ने बताउनु भएको छ । उहाले नवगठित समितीले यसलाई निरन्तरता दिदै आफनो जिम्मेवारीलाई अगाडी बढाउन आग्रह गर्नु भएको छ । यदुवंशी समुदायलाई नेतृत्वमा तहमा आउन नदिन राजनितिक रुपमा नै चलखेल भएकोले यादवमा एकता हुुन जरुरी रहेको बताउनु भएको छ । उहाले आफुमा भएको कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनु भएको छ । उहाले आफनो समुदायमा भएको समस्या लगायत हरेक क्षेत्रको बारेमा गोपाल सेवा समितीमा छलफल गरी कुनै पनि कार्य गरेमा सफल हुन सकिने बताउनु भयो । उहाले एकआपसमा सहकार्य गरी समितीको कोष निमार्ण गरी कार्य गरे मात्रै मिसनमा पुग्न सकिने जोड दिनु भयो ।


कार्यक्रममा गोपाल सेवा समिती केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले समितीको बिधानको बारेमा जानकारी दिदै क्षेत्रिय समिती गठन, पालिका , वडा समिती गठन गर्दै गोपाल सेवा समितीलाई बिस्तार गर्न सकिने बताउनु भएको छ । गोपाल सेवा समितीले हरेक जिल्लाका यादव समुदाय बिच भावनात्मक सम्बन्ध कायम गर्ने भएकोले आफनो समुदायमा परिर्वतन र संघर्ष गर्न आवश्यक रहेको जोड दिनु भयो । उहाले जातिय एकता हुन आवश्यक भएकोले एकजुट भएर अघि बढन आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले समुदायमा भएका समाजिक ब्यक्तित्वहरुलाई एक साथ जोडेर यादव समुदायमा नियमित भेटघाट कार्यक्रम लगायत आफनो संस्कृति संरक्षणको लागी सक्रिय भएर काम गर्न अनुरोध गर्नु भएको छ । उहाले गोपाल समितीमा महिलाहरुलाई पनि स्थान दिन आग्रह गर्दै आफनो समुदायमा भएका कमीकमजोरीलाई पहिचान गरी समन्वय गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा हृदयराम यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा शैलेन्द्र यादव , निरन्जन यादव ,यशराम यादव, रामगोपाल यादव, तुलसीराम यादव, प्रभु यादव ,रामअचल यादव, शिवलाल यादव लगायतले नव गठित जिल्ला स्तरीय कार्यसमितीलाई शुभकामना दिदै एकताका साथ यादव समुदायको हकहितको लागी कार्य गर्न आग्रह गरेका थिए । यस्तै गरी बिरहा गायक उमेश यादवले बिरहा गीत मार्फत समुदायमा परिर्वतन ल्याउन आवश्यक रहेको जोड दिनु भएको थियो ।

कार्यक्रममा गोपाल सेवा समिती रुपन्देहीका सल्लाहकार हरी बहादुर यादव, रुपन्देही जिल्ला सदस्य राजाराम यादव, लगायत कपिलबस्तु जिल्लाका समाजसेवी , बुद्धिजिवी लगायत यादव समुदायको ब्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन उदयभान यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १९:२३:३१ , २ वर्ष अगाडि