सरकारले शिक्षा क्षेत्रमा गरीरहेकोे लगानीको सदुपयोग गर्नुपर्ने पूर्व गृहमन्त्री : खांण

उर्मिला यादव यात्री , ४४३  पटक हेरिएको

भैरहवा, चैत २०

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले श्री पक्लिहवा माध्यमिक बिद्यालयको बिकास र संरक्षणका लागी संघिय ,प्रदेश र स्थानिय सरकारले सहयोग गर्ने बताउनु भएको छ । उहाले आफनो तर्फबाट तिनै तहका सरकारलाई यस बिद्यालयको समुन्नतीको लागी बजेट ब्यवस्थापन गर्न आग्रह गर्ने बताउनु भयो ।
श्री पक्लिहवा माध्यमिक बिद्यालय पक्लिहवा सिद्धार्थनगर १ रुपन्देहीको ६४ औं स्थापना दिवस तथा अभिभावक भेला २०७९ को आज पक्लिहवामा उद्घाटन गर्दै पुर्वमन्त्री खांणले जनताले सरकारको माध्यमबाट शिक्षा क्षेत्रमा दिरहेको लगानीको सदुपयोग गर्न जरुरी रहेको बताउनु भयो । उहाले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल ल्याउन आग्रह गर्नु भयो । उहाले शिक्षा क्षेत्रमा आवश्यक बिकासका लागी नपुग्ने रकम सरकारले थप ब्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

पुर्वमन्त्री खांणले यस बिद्यालयलाई प्रदेश सरकारले बस प्रदान गरेको र यसबाट बिद्यार्थीहरुलाई सहज हुने बिश्वास लिनु भएको छ । उहाले आगामी दिनमा यस बिद्यालयमा थप बस आवश्यक परेमा अन्य निकायबाट पनि सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले बिद्यालयलाई डिजिटल प्रणालीमा लैजानुपर्ने बताउदै शैक्षिक क्षेत्रको बिकासको लागी यसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाले विद्यालयका सूचना तथा क्रियाकलाप अभिभावकलाई जानकारी दिन डिजिटलाइज्ड हुन जरुरी रहेको जोड दिनु भयो ।

पुर्वमन्त्री खाणले सरकार सिमित ब्यक्तिको मात्र नभएको बताउदै हामी सबैले आफनो भुमिकालाई गतिशील बनाउन जरुरी रहेको जोड दिनु भयो । उहाले देश सबैको साझा भएकोले देश बनाउने जिम्मा पनि जनताको भएको बताउनु भयो ।
सरकारको अभिन्न अंगको रुपमा हामीले आफनो दायित्व निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाले हामीमा धेरै कमीकमजोरी भएको बताउदै कमीकमजोरीलाई आत्मसाथ गरी सुधार गर्नु पर्ने जोड दिनु भयो । उहाले परिर्वतन आवश्यक भएकोले आफुलाई परिवर्तित गर्न हामी सबै तयार हुुनुपर्ने बताउनु भयो

उहाले संघिय सरकारमा नेपाली कांग्रेसको सहभागिता भएको कारणले आम नेपाली जनताको समस्या सम्बोधन गर्ने क्रममा मुलुकको बिकास निमार्ण तथा शान्ति सुरक्षाका लागी आफुहरुको औपचारिक जिम्मेवारी रहेको बताउनु भयो । उहाले पछिल्लो पटक मुलुकको अर्थतन्त्रले ज्यादै नै चुनौतीपुर्ण समस्याको सिर्जना गरेको बताउनु भएको छ । उद्योगी र ब्यवसायीहरुले आफनो उद्योग र ब्यवसाय संचालन गर्न सक्ने अवस्था नभएको बताउदै बैंकको ब्याज र किस्ता तिर्न समेत नसकेकोमा दुख पोख्नु भयो । नेपालको अर्थतन्त्रमा आएको मन्दी नेपालले ब्यर्होनुपर्ने सम्भाब्य आर्थिक संकटलाई ध्यानमा राखेर नेपाल सरकार , नेपाल राष्ट्रबैंक , बित्तिय संस्थाहरु , उद्योग ब्यवसायी र आमजनताको बृहत्तर हितको लागी सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भयो ।
उहाले बर्तमान सरकारले नेपालको बित्तिय संकटलाई सम्बोधन गर्नसक्ने बिश्वास ब्यक्त गर्नु भयो । नेपाली कांग्रेस उदारबादी लोकतान्त्रिक पाटी भएको कारणले अन्र्तराष्ट्रिय जगतमा नेपाली कांग्रेसको जुन खालको भुमिका र इमेज छ त्यसलाई अहिले मुलुकको आर्थिक संकट टार्नका लागी अन्र्तराष्ट्रिय समुदाय र शक्तिहरुलाई पनि परिचालित गर्न नेपाली कांग्रेसलाई अग्रसरता लिन आग्रह गर्नु भएको छ

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले राज्यले शिक्षा क्षेत्रमा दिएको योगदानको मनन गर्नुपर्ने बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रमा धेरै लगानी भएको बताउदै समाजको परिर्वतनमा शिक्षाको महत्वपुर्ण भुमिका रहेको जोड दिनु भयो । उहाले समाजको परिर्वतनका लागी सोच परिर्वतन गर्नुपर्ने बताउदै शिक्षा भन्दा ठुलो हतियार अरु कुनै नभएको जिकिर गर्नुभयो । हरेक क्षेत्रमा शिक्षाले मात्र परिर्वतन ल्याउन सक्ने हुदा शिक्षा सबैमा हुुनुपर्ने बताउनु भयो ।
उहाले अभिभावक र शिक्षकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्नेमा जोड दिनु भयो । उहाले बालबालिकाको भबिष्य निमार्णका लागी अभिभावक, बिद्यालय र सरकारले आफनो भुमिका निर्वाह गर्नुपर्ने बताउदै अभिभावकहरुले आफना सन्तानलाई अनावश्यक रुपमा तनाब र दबाब दिन नहुने बताउनु भयो ।

बिद्यालयका प्रध्यानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत मन्तब्य तथा वार्षिक प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रममा बालबहिरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, वडा नम्बर १ का वडाध्यक्ष उज्जवल पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन बिद्यालयकी शिक्षिका शान्ति थापाले गर्नु भएको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुशिल गुरुङको अध्यक्षता तथा नेपाल सरकारका पुर्व गृहमन्त्री बालकृष्ण खांणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको सहयोगमा बिद्यालयलाई प्रदान गरीएको स्कुल बसको उद्घाटन तथा वर्ष २०८० को लागि प्रकाशन गरीएको भित्तेपात्रोको विमोचन पनि गरिएको थियो । कार्यक्रममा २०७८ सालमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कार समेत बिरतण गरीएको थियो ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : २३:४०:४१ , १ वर्ष अगाडि