शिक्षक संघ नवलपरासीद्रारा पाल्हिनन्दन गाउपालिकामा ज्ञापनपत्र

प्रकाश न्यौपाने , २९२  पटक हेरिएको

नवलपरासी, चैत २१

नेपाल शिक्षक संघ पश्चिम नवलपरासीले आज एक कार्यक्रमका बीच पाल्हिनन्दन गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । गाउँपालिकाले बनाएको शिक्षा ऎन संघीय शिक्षा ऐन अनुसार बाझिने गरि बनेको भन्ने र पालिकाले नै बिद्यालय व्यस्थापन समितीको अध्यक्ष तोकेको अभिभावक र शिक्षकहरुबाट गुनासो आएको बताउदै शिक्षक संघ अध्यक्ष भोजराज चापागाईंले पाल्हिनन्दन गाउँपालिका बाट सुरु भएको यो अभियान नवलपरासीका सबै पालिकामा पुर्याउने बताउनु भयो ।

संघीय शिक्षा ऎन अनुसार स्थानीय निकायले शिक्षा ऎन न्याउनु पर्ने, अभिभावक भित्रैबाट अभिभावक समिति चयन हुनु पर्ने, कार्यबिधि निमार्ण गरि शिक्षकको सल्लाहमा सरुवा गर्ने, शिक्षकलाइ मासिक रुपमा तलब बितरण गर्ने, गुणस्तरीय शिक्षाका लागि संघ / संगठन संग अन्तरक्रिया गर्नु पर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष चापागाईंले बताउनु भयो ।

शिक्षक संघको ज्ञानप पत्र बुझ्दै पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ले शिक्षाका मुद्दामा शिक्षकहरुसङ्ग मिलेर अगाडी बढ्ने बताउनु भयो । गुप्ताले शिक्षक संघको नबबिर्बाचित कार्यसमितिलाई बधाई दिदै पालिकामा शिक्षाका सरोकारका बिसयमा सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : २०:५४:४३ , १ वर्ष अगाडि