मृगौला पीडित बिरामीको उपचारका लागी जयसवाल महिला सेवा समितिद्धारा १ लाख सहयोग

महेश गुप्ता , ३८१  पटक हेरिएको

भैरहवा, बैशाख ८

दुवै मृगौला पीडित सिनपा ४ निवासी अजय कुमार जयसवालको उपचारका लागि जयसवाल महिला सेवा समितिले १ लाख ३ सय २० रुपियाँ नगद रकमको सहयोग गरेको छ। मृगौला उपचारका लागि जयसवाल महिला सेवा समितिकी अध्यक्ष पूनम जयसवालको अगुवाईमा समाजकी महिलासंग संकलन गरेको १ लाख ३ सय २० रुपियाँ अजय जयसवाललाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । ‘आर्थिक अवस्था कमजोर भएको परिस्थितिलाई मध्यनजर गर्दै महिला समाजद्वारा सहयोग गरिएको हो’ जयसवाल महिला सेवा समिति,भैरहवाकी अध्यक्ष पुनम जयसवालले बताउनु भएको छ ।

जयसवाल महिला सेवा समितिद्वारा संकलित रकम पीडितलाई उपचारार्थका लागि हस्तान्तरण गर्दै आमा समूह भैरहवाकी अध्यक्ष सुमित्रा पौडेलले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

बिगत ३ बर्ष देखि दुवै मृगौला फेल भई उपचारको पर्खाईमा छटपटाई रहेका ४२ बर्षिय अजय जयसवालको दुवै मृगौला प्रत्यारोपण गर्न परिवारसँग आर्थिक अभाव भएपछि अजय बचाऊ अभियानमा स्थानीय अगुवा र दाताहरु जुटेका श्रीराम जानकी हनुमान मंदिरका अध्यक्ष श्री नरेंद्र प्रसाद रौनियारले बताउनु भएको छ ।

पीडित अजय जयसवालको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचार गराउन सकेका थिएनन् । आफ्नो उपचारको लागि सहयोग पाए र जयसवाल सेवा समिती, भैरहवा रूपन्देहीका अध्यक्ष अमित गुप्ताद्वारा थप सहयोग गर्ने प्रतिवद्धता पछि आफूलाई निकै खुसी लागेको उनले बताए ।

सहयोग कार्यक्रममा जयसवाल महिला सेवा समितिकी उपाध्यक्ष मन्जु जयसवाल, कोषाध्यक्ष गीता जयसवाल, सचिव अनुपमा जयसवाल, सदस्य सरोज जयसवाल, स्नेहा जयसवाल, उषा जयसवाल, इंदु जयसवाल, सोनी जयसवाल, कानन जयसवाल, सुनीता जयसवाल, श्री बुद्ध सामुदायिक सेवा केंद्रका नवनिर्वाचित अध्यक्ष श्रीचंद जयसवाल लगायतकाे सहभागीता रहेको जयसवाल युवा समिति भैरहवाका अध्यक्ष शिवम जयसवालले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : १३:२२:०४ , २ वर्ष अगाडि