रुपन्देहीको रोहिणी ४ तरकुलहामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

उर्मिला यादव यात्री , ८७३२  पटक हेरिएको

भैरहवा, बैशाख १४

रुपन्देहीको रोहिणी गाउपालिका वडा नम्बर ४ तरकुलहामा आज दिउसो भएको सवारीमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देबदह नगरपालिका वडा नम्बर १२ ढोलबजवा बस्ने २२ बर्षिय झपेन्द्र कवर रहेका छन । रोहिणी गाउपालिका वडा नम्बर ४ तरकुलहा भित्री सडक खण्डमा धकधईबाट खैरेनी तर्फ जादै गरेको लु २० प १०८६ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट जादै गरेको भे १ ख २७१७ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कवरकोे घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।


घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भैरहवा, वडा प्रहरी कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईको टोली खटिएको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १६:४६:४९ , १ वर्ष अगाडि