रुपन्देहीको मायादेवी ७ गरगट्टीबाट अवैध खाद्यान्न तथा युरिया (खाद)नियन्त्रण

उर्मिला यादव यात्री , १४७१  पटक हेरिएको

भैरहवा, बैशाख १४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध खाद्यान्न तथा युरिया (खाद )नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज दिउसो मायादेवी गाउँपालिका वडा नंम्बर ७ अवैध खाद्यान्न तथा युरिया खाद नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध खाद्यान्न तथा युरिया खादको मुल्य १२ लाख ८० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा लु १ त ९७८० नंम्बरको ट्याक्टरमा युरिया खाद ६० बोरा ९३ हजार किलो र ८० बोरा गहुँ ९४ हजार किलो ल्याँउदै गरेको अबस्थामा ट्याक्टर सहित खाद्यान्न तथा युरिया खाद नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइए जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : २२:२५:२८ , २ वर्ष अगाडि