यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

रीमा बिसी , २०१  पटक हेरिएको

बुटवल , बैशाख १९

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका ४० वर्षीय परशुराम भण्डारीलाई वैशाख १५ गते बुटवलबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले बैशाख १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले वैशाख १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।

पीडित परिवारका अनुसार गाडी चालक रहेका आरोपितले गुल्मीबाट देवदह खैरनी जान भनी गाडीमा आएकोमा बाटोमा आउँदा जंगलतीर लगेर यौन दुर्व्यवहार गर्नेक्रममा देवदह नपा– ४ का वडा अध्यक्षले देखेर उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

 

प्रकाशित मिति: २०२३-०५-०२ , समय : ०७:२२:०९ , १ वर्ष अगाडि