नवलपरासीको सुनवल ५ हर्दियामा रहेको गार्मेन्ट उद्योगमा आगलागी

रुपन्देही खबर , १९२  पटक हेरिएको

सुनवल, बैशाख २०

पश्चिम नवलपरासीकोे सुनवल ५ हर्दियामा अवस्थित गार्मेन्ट उद्योगमा आगलागी भएको छ । आज विहान ४ बजे आगलागी हुदा ८० लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

सुनवल ५ हर्दियामा बसन्त क्षेत्रीले संन्चालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मेन्टमा अचानक आगोलागी हुदा रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय सुनवल र स्थानीयको सहभागितामा करिव २ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट मानबीय तथा चौपाया क्षति नभएको भए पनि बुद्ध गार्मेन्टमा रहेको घर पुर्ण रुपमा क्षति हुनुका साथै रोलो कपडा,तयारी कपडा, मेशिन , फर्निचर र नजिकै रहेको २ वटा पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। बिद्युतको तारसर्ट भई आगोलागी भएको भन्ने प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०३ , समय : १७:०८:४३ , १० महिना अगाडि