रुपन्देहीको रोहिणी –४ छिपागढमा हाईमास्ट लाइट जडान भएपछि स्थानीय खुसी

rupandehi khabar , २००  पटक हेरिएको

भैरहवा, वैशाख २४

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा हाईमास्ट लाइट (सडक बत्ती) जडान भएको छ । जडान भएको उक्त लाईटको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नु भएको छ । यसअघि रोहिणी–३ स्थित धकधई र बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भइसकेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनु भएको छ । ‘उज्यालो रोहिणी’ बनाउने अभियान अन्तर्गत लाईट जडान गरिएको उहाले बताउनु भयो । गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम अघि बढेको उहाले बताउनु भयो । ‘जनताको चाहना तथा सल्लाह सुझाव अनुसार जनताको साथ सहयोगले अघि बढेका छौं, ’उहाले भन्नु भयो । हाईमास्ट लाइट जडान भएपछि रोहिणी–४ का स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा राम्रो काम भएको भन्दै प्रशंसा समेत गरेका छन् ।

के भन्छन् स्थानीय ?

जय माँ काली युवा क्लब रोहिणी–४ का अध्यक्ष अमरनाथ पाण्डेले गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको अगुवाइमा राम्रो काम भएको बताउनु भएको छ । उहाले उज्यालो रोहिणी बनाउने संकल्प पूरा हुने विश्वास व्यक्त गर्नु भयो । उहाले भन्नु भयो , ‘हाईमास्ट लाइट जडान भएपछि दुर्घटना न्यूनीकरण हुन्छ, रातीको समयमा यात्रामा समेत सहयोग पुग्छौं । राम्रा काममा हामी सहयोग गर्छौं ।’ स्थानीय मोहम्मद रजा पठानले हाईमास्ट लाइट जडान भएपछि ‘उज्यालो रोहिणी’ बनाउने अभियानमा सहयोग पुगेको बताउनु भयो । उहाले भन्नु भयो ‘राम्रो काम भएको छ ।’ स्थानीय रामकिसुन यादवले हाईमास्ट लाइट जडान भएपछि अब दुर्घटना न्यूनीकरण हुने बताउनु भएको छ । उहाले पैदलयात्रीलाई पनि सहज भएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘लाईट जडान भएपछि अब फाइदा हुने भएको छ, यो राम्रो कार्य हो, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र सबैलाई धन्यवाद दिन चाहन्छु । ’ त्यस्तै समाजसेवी तथा रोहिणी–४ का संजय गुप्ताले भैरहवा–परासी सडकखण्ड अन्तर्गत छिपागढमा हाईमास्ट लाइट जडान हुनु विकासको नमूना भएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘छिपागढ रोहिणीको मुटु हो । सुरक्षाको दृष्टिकोणले पनि यो लाइट महत्वपूर्ण छ ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : २१:३७:१६ , १ वर्ष अगाडि