पाल्पाको तिनाउ ३ झुम्सामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

rupandehi khabar , १७६  पटक हेरिएको

पाल्पा , बैशाख २६

पाल्पाको तिनाउ ३ झुम्सामा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गुल्मीको छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ३२ बर्षिय जिवन पन्त रहेका छन । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पन्तको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्र थापाले बताउनु भएको छ ।

प्रहरीका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि पन्त घाइते भएका थिए । प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : ०८:५३:४० , १ वर्ष अगाडि