सर्बेन्दर यादव , ८२४ पटक हेरिएको
मर्चवार बैशाख २६
विद्युत भाग १
रुपन्देहीको मर्चवार क्षेत्रमा सधै विद्युतको समस्याले सम्पुर्ण मर्चवारबासी पीडित हुदै आएका छन । हालसम्म मर्चवारमा विद्युतको पुर्णरूपमा सप्लाई नभएको र प्रायजसो धेरै ठाउमा विद्युतको लो भोल्टेजको समस्याले उपभोक्ताहरु धेरै पीडित भएका छन। मर्चवारका विद्युतको समस्या समाधानका लागी पुर्ब शिक्षामन्त्री तथा प्रदेश सभा सदस्य बासिउदिन खानले लो भोल्टेज समस्या सुधारका पहल गर्दै आउनु भएको छ । उहाले आर्थिक बर्ष २०७९र२०८० मा पुर्ब उर्जा जल श्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ समक्ष भेटघाट गरि मर्चवारमा लो भोल्टेज समस्या समाधानको ज्ञापन पत्र बुझाए संगै अहिले त्यसको सुनुवाइ भएको उहाकोे निजि सचिवालय तथा उहाको स्वकिय सचिव अफजल अहमद खानले जानकारी दिएका हुन।
मर्चवारको तीन वटा गाउँपालिकाको २१ स्थानको लो भोल्टेजको समस्या समाधान को लागी बुझाइएको ज्ञापन पत्र मध्ये १५ वटा स्थानको समस्या समाधान को लागि सदर भएको छ भने सो स्थानमा पोल गाडिने र तार झुन्डयाउने काम पूरा भइसकेको र ट्रान्सफार्मर जडान गर्न मात्र बाकी रहेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय भैरहवाका सहायक इन्जिनियर देवी तिवारीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०५-०९ , समय : ११:३३:२३ , १ वर्ष अगाडि