रुपन्देहीको मर्चवारमा गहुबालीमा सहभागितात्मक कृषि प्रविधि सिकाई प्रदर्शनी केन्द्र तथा कृषक दिवस कार्यक्रम सम्पन्न

सर्बेन्दर यादव , ५७२  पटक हेरिएको

मर्चवार, जेठ २

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको गहुँ जोन अन्तर्गत आ.व २०७९र८० को स्वीकृत कार्यक्रम अन्तर्गत गहुँबालीमा सहभागितात्मक कृषि प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्रको कृषक दिवस सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिकाको सभा हलमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गहुँ जोन संचालक समन्वय समितिका संयोजकले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता जिलला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले गर्नु भएको थियो।

कृषकहरुलाई उन्नत जातको गहुँ प्रयोगका साथै आधुनिक प्रविधि अनुसरण गराउन मिति २०७९ र०८र०८ गते गहुँबालीमा सहभागितात्मक कृषि प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्रको स्थापना भएको थियो। प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्रमा विभिन्न ४ वटा प्रदर्शन केन्द्र स्थापना गरिएको थियो। प्रदर्शनी केन्द्र १ मा सिफारिस बीउ ९छरुवा बिधि० र सिफारिस मलखादको प्रयोग भएको थियो, प्रदर्शनी केन्द्र २ मा उन्नत प्रबिधि सुपर सिडरको प्रयोग ं सिफारिस बिउ र सिफारिस मलखाद प्रयोग भएको थियो, प्रदर्शनी केन्द्र ३ मा कृषक तरिका परम्परागत विधि र प्रदर्शनी केन्द्र ४ मा बीउ छरुवा बिधि ं सिफारिस मलखाद प्रयोग भएको थियो। १२० वा १२२ दिनमा तयार भएको गहुँ बालीको उत्पादकत्त्व मापन गर्दा अन्य प्रदर्शनी केन्द्रको तुलानामा प्रदर्शनी केन्द्र २ को उत्पादकत्व ४.०४ आएको र प्रति कठ्ठा कुल नाफा रु ३४४६.७५ आएको परियोजना कार्यान्वयन एकाइका बाली विज्ञ सुदीप मरासिनीले जानकारी दिनु भयो ।

सुपर सिडरको प्रयोगले समय कम लाग्ने गहुको उत्पादनमा वृद्धि हुने खनजोतको लगत कम लाग्ने जोताइ मल खाद बिउ कम लाग्ने र उत्पादन बढी हुने, पटक पटक जोताइ नगरी धानको ठुठाँलाई एकैपटक जोताइ गरि गहुको बिउ छर्न सकिने जमिनको चिस्यान कायम राख्न मदत गर्ने जमिनको जोताइमा एकरुपता ल्याउने र कम लगत खर्च मा उन्नत जातको बीउ प्रयोग गरि २५ – ३० प्रतिशत कम लगतमा २५–३० प्रतिशत सम्म बढी गहु उत्पादन गर्न सकिने साथै अझ उन्नत र गुणस्तर युक्त गहुको बिउको प्रयोग गरि समयमा उपयुक्त मात्रामा मल खाद सिचाइ र संरक्षण बिधि अपनाउन सकेमा दोब्बर उत्पादन बढाउन सकिने मरासिनीले बताउनुभयो ।
कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले गहुँ खेतिलाई व्यवसायिक र नाफा मुखि बनाउन मर्चबार क्षेत्रका कृषकहरुले सिकाई केन्द्रको नतिजालाई अनुसरण गरी गहुँको नयाँ उन्नत जातको प्रयोगका साथै गहुँ खेतिमा यन्त्रिकीकरण मार्फत सुपर सिडरको प्रयोग गर्नुपर्ने बताउनु भएको छ ।

यस्तै गरी कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव अर्यालले सहभागितात्मक कृषि प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्रको नतिजा अत्यन्तै वैज्ञानिक रहेको र भोलिका दिनमा कृषकहरुलाई गहुँ खेति व्यवसायिकरण तथा यांत्रिकीकरण गर्दै लैजाने र कृषकहरुलाई यांत्रिकीकरण गरी उत्पादनमा सहयोग गर्ने वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले रुपन्देहीको मर्चवार क्षेत्र कृषिको क्षेत्रको प्रमुख केन्द्रको रुपमा रहेकोले यस क्षेत्रमा कृषि उत्पादनको प्रचुर सम्भावना भएको बताउनु भयो । उहाले मर्चवारको तीन वटै गाउँपालिकाले समन्वय गरि यस क्षेत्रको सतही सिचाइ तथा यांत्रिक कृषिमा पहल गरी सहयोग गर्नुपर्ने बताउनु भयो।

यस्तै गरी मर्चवारी गाउपालिकाका अध्यक्ष गया प्रसाद बरइले कृषकहरुको समस्या समाधानका लागि यो बर्ष गाउपालिका बाट ६५ लाख रुपैया बजेट छुट्याएको भए पनि कृषकहरुको समस्या पुर्णरुपमा समाधान हुन नसकेको बताउनु भएको छ । सतही सिचाइले केही कृषकहरु मात्र उत्पादन गर्ने सकिरहेको र किसानहरु समयमा मल खाद नपाएर कृषि उत्पादनमा धेरै समस्या रहेको बताउदै यो सबै समस्याको समाधानको लागि विशेष पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यसैगरी कोटहीमाइ गाउपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले कृषि क्षेत्रमा रहेका कृषकका समस्याहरुको समाधान गर्ने र कृषि क्षेत्रमा यांत्रिक आधुनिकीकरण आवश्यक रहेको बताउनु भयो । उहाले आधुनिक कृषिको युग भएकोले अब कृषकहरुलाई यांत्रिक कृषि मार्फत कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : २०:५८:०८ , १ वर्ष अगाडि