रुपन्देहीको मर्चवारमा पिपल्स च्वाइस अफ मर्चवार अवार्ड २०८० प्रदान गरिने

उर्मिला यादव यात्री , ७५१  पटक हेरिएको

भैरहवा, जेठ ४

रुपन्देही युवा सुमह मर्चवारले पिपल्स च्वाइस अफ मर्चवार अवार्ड २०८० प्रदान गर्ने भएको छ । रुपन्देही युवा सुमह मर्चवारको आयोजनामा रुपन्देहीको मर्चवारमा असारको पहिलो साता पिपल्स च्वाइस अफ मर्चवार अवार्ड २०८० प्रदान गरिने भएको हो । मर्चवारमा रहेर विभिन्न बिधा ,सामाजिक, आर्थिक, शिक्षा , स्वास्थ्य ,पत्रकारिता , राजनितिक, बैंकिंग, सांगीतिक, लगायत बिबिध क्षेत्रमा बिशिस्ठ योगदान पुराएका ब्यक्तित्वहरुलाई पिपल्स च्वाइस अफ मर्चवार अवार्डबाट सम्मान गरिने रुपन्देही युवा सुमह मर्चवारका अध्यक्ष बिक्की ठाकुरले जानकारी दिनु भएको छ । पहिलो पटक प्रदान गर्न लागिएको यो अवार्डले मर्चवारमा सकरात्क संदेश प्रवाह हुने र मर्चवार बासीको लागी खुसीको बिषय भएको अध्यक्ष ठाकुरले बताउनु भयो ।

असारको पहिलो साता हुने भनिएको कार्यक्रमको तयारी तिब्र रुपमा गरीएको छ भने कार्यक्रमको संयोजकमा शैलेश यादव र सुग्रीम यादवलाई चयन गरीएको रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले जानकारी दिनु भएको छ । समाजमा विभिन्न बिधामा बिशिस्ठ योगदान पुरयाउदै आएका ब्यक्तित्वहरुलाइ रुपन्देही युवा समूहले हरेक बर्ष हिरोज अफ पब्लिक अवार्ड मार्फत सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : १४:५९:०६ , १ वर्ष अगाडि