माहिलाहरुको नेतृत्व विकासका बर्दघाटमा नि:शुल्क उद्घोषक तालिम सम्पन्न

इन्दिरा बिश्वकर्मा , ६३३  पटक हेरिएको

नवलपरासी, जेठ २१

माहिलाहरुको नेतृत्व विकासका लागि पश्चिम नवलपरासीको बर्दघाटमा नि:शुल्क ५ दिने उद्घोषक तालिम शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ। श्रुति संगीतालय बर्दघाट र जुम्बा फिटनेस बर्दघाटको आयोजनामा जेष्ठ १४ गतेदेखि सुरु भएको महिला लक्षित उद्घोषण तालिम सहभागिहरुको माग अनुसार अभ्यासका लागि थप २ दिन गरी शनिबार सम्पन्न गरिएको हो।

थप २ दिने अभ्यास कक्षा सहित पाँच दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व विकास, उद्घोषण कला, सार्वजनिक भासण एवं सार्वजनिक कार्यक्रम संचालन लगायतको बिषयमा श्रुति संगीतालय बर्दघाट तथा जुम्बा फिटनेश बर्दघाटका अध्यक्ष लोक जि मिजार र प्रेम ध्वज केसीले प्रशिक्षण दिनुभएको थियो ।

२२ बर्षदेखि ६५ बर्ष उमेर समुहका ३४ जना महिलाहरुको सहभागीता रहेको तालिममा कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका उप मेयर रुद्र प्रकाश उपाध्याय, विशिष्ट अतिथि बर्दघाट वडा नं ५ का वडा अध्यक्ष विमला गुरुङ्ग लगायतले मन्तव्य राख्नु भएको थियो।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : १३:२८:१४ , ४ महिना अगाडि