पाेखरीमा डुबेर नवलपरासीमा एककाे मृत्युु

सुरेश यादव , ४५८  पटक हेरिएको

नवलपरासी, जेठ २२

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १० नदवा स्थितमा रहेको श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा जिल्ला खोटाङ दिपरुङ गाउँपालिका वडा नं २ घर भई हाल रामग्राम नगरपालिका वडा नं १० स्थितको पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको अन्दाजी ११ वर्षकी छाेरी युनिषा खत्री र अन्दाजी ७ वर्षकी मुना खत्री आज जेठ २२ गते ११:४० बजेकाे समयमा डुबी रहेको अवस्थामा देखी तत्काल निजहरु दुबै जनालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासी ल्याएकोमा अस्पतालले ११:५५ बजेकाे समयमा युनिषा खत्रीको मृत्यु भएकाे घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब निरिक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

मुना खत्रीको अवस्था सिरियस रहेकोले सामान्य उपचार पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको नवलपरासी प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा सहित ७ जनाको टोली खटि गै थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी पाण्डेले बताउनुभयाे । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ३ कि.मि. पश्चिम तिर रहेकाे छ ।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : १९:०९:३४ , १० महिना अगाडि