काठमाडौंमा भैरहेको नागरीकता विधेयक धर्नामा जसपा नेता विद्या यादवको पनि समर्थन

rupandehi khabar , २०२  पटक हेरिएको

काठमाडौं, जेठ २८

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपालको नागरिकता पहिलो संशोधन विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम हुदै आइरहेका छन । जसको ऐक्यबद्धता जनाउँदै जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद् सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव आज माइतीघर मण्डला पुग्नु भएको छ । नागरिकताबिहीन संघर्ष समिति, नेपालले आयोजना गरेको धर्ना कार्यक्रममा यादव पनि सरिक हुनु भएको हो ।

सर्वाेच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम दैनिक जसो हुदै आइरहेका छन ।

प्रकाशित मिति: २०२३-०६-११ , समय : २३:४९:५६ , ९ महिना अगाडि