सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका प्रतिवादी ३३ बर्ष पछी पक्राउ

rupandehi khabar , ४०९  पटक हेरिएको

भैरहवा, जेठ २९

रुपन्देहीमा सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका प्रतिवादी ३३ बर्ष पछी पक्राउ परेका छन । पक्राउ पर्नेमा साविक सुर्यपुरा गाविस वडा नंम्बर ९ हाल गैडहवा गाउपालिका वडा नंम्बर ०६ मोजरहवा बस्ने ६४ बषिर्य मंगल प्रसाद यादव रहेका छन । यादवलाई ईलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो । यादवलाई जिल्ला अदालत रुपन्देहीले २०४७ साल बैशाख १३ गते सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ बर्ष १ महिना ६ दिन कैद सजाय तोकेको थियो । ३३ वर्ष देखि फरार रहेका यादव जेठ २८ गते आइतबार आफनै घरबाट पक्राउ परेका हुन । पक्राउ परेका यादवलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइ कैद भूक्तानको लागी जिल्ला कारागार कार्यालय भैरहवामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०६-१२ , समय : १८:४५:३५ , १२ महिना अगाडि