धनुषामा ७० हजार रुपैया घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

rupandehi khabar , २३६  पटक हेरिएको

काठमाडौं, जेठ ३१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिकाका दुईका वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र रहेका छन ।

उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनु भएको छ । उहाका अनुसार वडाध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-१४ , समय : २१:०७:३१ , १ वर्ष अगाडि